पोखरा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा एपिएफ र मामाभान्जा
महिला तर्फ अर्चलबोट क्लब र एसियन सुजबीच फाइनल खेल हुँदै
पाेखरा | भदौ २६, २०७९
पोखरा : पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबलको प्रतियोगिताको फाइनलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटन र मामा भान्जा क्लबबीच हुने भएको छ ।
मामा भान्जाले गलकोटलाई २६–२४, २५–२३ र २५–२०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
आइतबार बिहान सम्पन्न मामा भान्जा क्लब र बागलुङको गलकोट क्लबबीच भएको खेलमा गलकोटलाई सोझो सेटमा पराजित गर्दै मामा भान्जाले फाइलनमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो ।
पुरुष तर्फको पहिलो सेमिफाइनलमा खेलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जिएम समाज कावासोतीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
त्यस्तै क्लबस्तरीय महिला भलिबलको फाइनल खेलमा अहिले अर्चलबोट क्लब र एसियन सुज फाइनल भइरहेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए ।
महिलाको भलिबलको फाइनल खेल पछि पुरुष तर्फको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

